बाढी पिडीत राहातकोषमा मन्थली बचतको एक लाख सहयोग

रामेछाप । रसुवामा आएको बिनासकारी बाढीमा परेका नागरिकहरुको उद्धार तथा राहातको लागि रामेछापमा रहेको मन्थली वचत तथा ऋण सहकारी संस्थाले एकलाख रुपैयाँ रकम आर्थिक सहयोग गरेको छ ।

बाढीका कारण धेरै धनजनको क्षती पुगेकोमा दुःख व्यक्त गर्दै राहात तथा उद्धारमा सहयोग पुगोस् भन्ने हेतुले संस्थाले एकलाख रुपैयाँ रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बिहिवार जम्मा गरिएको मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोबिन्द प्रसाद घिमिरेले जानकारी दिए ।

रसुवाको बाढीका कारण अकल्पनिय रुपमा मानविय र भौतिक क्षती पुगेकाले तत्काल उद्धार, राहात र पुनर्निमार्ण गर्नुपर्ने भएकाले जिल्लामा भएका सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संस्था र अन्य सहकारी संस्थाहरुले सकेको रकम विपद् कोषमा जम्मा गर्न जिल्ला सहकारी संघले आग्रह समेत गरेको छ ।

Scroll to Top