जापानले बनाइदिएको दुई कोठे विद्यालय भवन हस्तान्तरण

रामेछाप । जापानी आर्थिक सहयोगमा निमार्ण सम्पन्न भएको दुई कोठे विद्यालय भवन सम्वन्धित विद्यालयलाई मगंलवार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ ।

रामेछापको मन्थली नगरपालिका–१२ गेलुस्थित श्री पशुपति आधारभूत विद्यालयको दुई कोठे विद्यालय भवन जापानस्थित निचिनोकेन कान्तो कम्पनीका प्रमुख कोजिमा इसामुको सहयोगमा कुल ३५ लाख जापानी येन (२९ लाख ७३ हजार ४ सय ३५ रुपैयाँ नेपाली) मा निमार्ण सम्पन्न भएको हो ।

उक्त नवर्निमित भवनको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र जापानस्थित निचिनोकेन कान्तो कम्पनीका अध्यक्ष कोजिमा ताकाशीले संयुक्त रूपमा भवन उद्घाटन गरि सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार कार्की र विद्यालयका प्रधानाध्यापक प्रल्हाद खत्रीलाई हस्तान्तरण गरिएको थियो ।

विद्यालयले नयाँ भवन पाएसँगै सो विद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई धेरै सहज हुने जनाइएको छ । दुई कोठे भवन सँगै सुविधासम्पन्न हल समेत निमार्ण भएको छ ।

Scroll to Top