
रामेछाप । बैकिङ कसुर मुद्दामा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम प्रक्राउ परेका छन् ।

समन्वय प्रमुख गौतमले विभिन्न व्यक्तिहरुलाई चेक दिएको र उक्त चेक साट्न बैंकमा जाँदा रकम नभएपछि सोही घटनालाई लिएर पिडीतहरुले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा समन्वय प्रमुखलाई प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले काठमाण्डौंबाट प्रक्राउ गरेको हो ।

प्रमुख गौतम विरुद्ध काठमाण्डौंमा तीन वटा र काभ्रेमा पनि तीनवटा बैकिङ कसुर सम्वन्धि जाहेरी परेको छ । यस बिषयमा थप अनुसन्धान र विवरणहरु आउँन वाँकी रहेको प्रहरीले जनाएको छ ।
Post Views: 27