रामेछाप–१२ चैत्र ।
रामेछाप । हिजो बसेको मन्त्री परिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा नेकपा माओवादी केन्द्र रामेछापले सदरमुकाम मन्थली बजारमा राके जुलुस निकालेको छ ।

आज साँझ मन्थली वजारका विभिन्न स्थानवाट राँका सहित निस्किएका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओली विरुद्ध नारावाजी गर्दै वजार परिक्रमा गरी स्थानिय देवकोटा चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा वोल्ने नेताहरुले अहिलेको दुुई दलिय गठवन्धन सरकारले गलत काम गरेको भन्दै त्यसको भण्डाफोर गर्ने र तत्काल विधुत प्राधिकरणबाट हटाइएका कुलमानलाई पुनः नियुक्ती दिनुपर्ने माग राखेका थिए ।

त्यसैगरी आज दिँउसो नेकपा माओवादी केन्द्र पार्टी कार्यालयमा नालायक सरकार मुर्दावाद, ऊर्जा मन्त्री राजिनामा दे, केपी ओली मुर्दावाद लेखेको कालो ब्यानर झुुण्डाएका थिए । उक्त व्यानर शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
