
रामेछाप । राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी जेठ ३ देखी १० गतेसम्म कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेका छन् ।

आज ललितपुरको सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष एवं मन्त्री चौधरीले लोगो तथा परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरेका हुन् । त्यसैगरी सो कार्यक्रममा परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुदको डेकिकेटेड वेभसाइट सार्वजनिक गरेका थिए ।

राष्ट्रिय खेलकुदको लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवालाई समेटेर बनाइएको छ । कर्णाली प्रदेशमा पाइने दुर्लभ जनवार रेड पाण्डालाई मस्कटका रुपमा प्रयोग गरिएको छ ।
Post Views: 51