रामेछाप । सुनापति गाउँपालिका–५ सुनकोशी किनारमा बिहिवार मृत अवस्थामा एक युवकको शव फेला परेको छ ।

नदी किनारमा एक युवकको शव सडेगलेको अवस्थामा स्थानियहरुले देखेपछि उनीहरुले प्रहरी चौकी लुभुघाटमा खवर गरेका थिए । उक्त घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीको टोलीले उक्त शव करिव २५÷२६ वर्ष उमेरका युवकको रहेको जनाएको छ । हालसम्म मृतकको नामथर वतन खुल्न नसकेको प्रहरी सहायक निरीक्षक हिरालाल पुरीले जानकारी दिए ।
मृतकको शव भेटिएको स्थानको प्रहरीले मुचुल्का तयार गरि घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post Views: 135




