नक्कली भौचर बनाउने रामेछापका एक युवक पक्राउ

रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली भौचर बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने रामेछापका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ बर्षिय भगवान कार्की रहेका छन् । उनले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी ई–सेवाको नक्कली ट्रान्जेक्सन स्टेटमेन्ट तयार गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २० लाख रुपैयाँ सहयोग गरेको भन्दै आफ्नो क्युआर कोड समेत सामाजिक सञ्जालमा राखेर अन्य व्यक्तिहरूलाई पनि सहयोग गर्न आह्वान गर्दै ठगी धन्दा चलाइरहेको फेला पारेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।

उनले भने– आफ्नो व्यक्तिगत क्युआर सामाजिक सञ्जालमा दिएपछि अन्य व्यक्तिहरुले पनि उनको क्युआर कोडमा पैसा पठाउन सक्ने भएकाले तत्काल उनलाई नियन्त्रणमा लिएको र यस बिषयमा थप अनुसन्धान कार्य अघि वढाइएको अधिकारी राउतले बताए ।

Scroll to Top