रामेछाप उद्योग वाणिज्य संघले गर्यो, बाढी पिडीतलाई १ लाख माथिको सहयाेग

रामेछाप । रसुवाका बाढी पिडीतको उद्धार तथा राहातको लागि रामेछाप उद्योग वाणिज्य संघले १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

वुधवार उक्त संस्थाका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले रसुवाका बाढी प्रभावित नागरिकहरुको राहात तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्धेश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहात कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ रकम आर्थिक सहयोग गर्ने निर्णय भएसँगै उक्त रकम आजै कोषमा जम्मा गरिएको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन केसीले जानकारी दिए ।

बैठकले रसुवाको वाढी पहिरोमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै, सम्र्पकबिहीन भएकाहरुको यथासक्य चाडो खोजी गर्न र घाइतेहरुको हकमा शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । त्यस्तै विपद्को यस कठिन परिस्थितीमा राहात, उद्धार तथा पुनः स्थापनाका लागि सम्वन्धित निकाय र सरोकारवालाहरुलाई थप प्रभावकारी ढंगले अघि वढ्न समेत वैठकले आग्रह गरेको छ ।

Scroll to Top