लागु औषध मुद्दाका दुई फरार अभियुक्त पक्राउ

रामेछाप । लागु औषध मुद्दामा रामेछाप जिल्ला अदालतले दोषि ठहर गरेका दुई फरार अभियुक्तलाई प्रहरीले बुधबार सदरमुकाम मन्थलीवाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लिखु तामाकोशी गाउँपालिका–३ विजुलीकोटका २५ बर्षिय मोहन आलेमगर र मन्थली नगरपालिका–१ का आर्यन भुजेल रहेका छन् । उनीहरु मध्ये अदालतले आलेमगरलाई ८ दिन कैद र भुजेललाई एक महिना २३ दिन कैद र १ हजार ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

अदालतको फैसला पछि फरार रहदै आएका उनीहरुलाई खोजतलास गर्ने क्रममा प्रहरीको टोलीले सदरमुकाम मन्थलीको देवकोटाचोकवाट पक्राउ गरि रामेछाप जिल्ला अदालतमा हाजिर गराएर जिल्ला कारागार कार्यालय रामेछापमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।

Scroll to Top