रामेछाप । रामेछाप नगरपालिका–७ भालुखोपमा बुधवार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किदा दुवै मोटरसाइकलका चालक घाइते भएका छन् ।

भालुखोपको भित्री सडकवाट रामेछाप तर्फ जादै गरेको बा ४० प ७०७४ नम्वरको मोटरसाइकल र बिपरीत दिसावाट आउँदै गरेको प्र.३–०२–००३ प ७३६२ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुवै मोटरसाइकलका चालक घाइते भएका हुन् । घाइते हुनेमा रामेछाप नगरपालिका–७ का २० बर्षिय ज्ञानेन्द्र श्रेष्ठ र सोही स्थानका वर्ष २८ का दविन्द्र तामाङ रहेका छन् ।
दुर्घटनामा परि घाइते भएका दुवैलाई स्थानिय र प्रहरीको टोलीले घटनास्थलवाट उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल रामेछापमा भर्ना गरिएको प्रहरी चौकी रामेछापडाँडाका प्रहरी सहायक निरीक्षक सुजित पासवानले जानकारी दिए ।

Post Views: 93




